No Image Headlineअर्थ

वीरगञ्ज नाका हुँदै ९ महीनामा ६९ अर्बको नेपाली वस्तु निर्यात

Thrill Factory
Rungta Group

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको ९ महीनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७७/८७ को साउनदेखि चैतसम्ममा रू. ३१ अर्ब ७६ करोड ४६ लाख भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रू. ३६ अर्ब ९४ करोड २१ लाख बढी अर्थात् रू. ६९ अर्ब ७० करोड ६७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा ११९ दशमलव ५६ प्रतिशत बढी हो ।

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, दालमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलकतर्फ हुने नेपाली वस्तुकोे निर्यात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा परेको बताए ।

गत आर्थिक वर्षको पहिलो ९ महीनाको तुलनामा चालू आवको सोही अवधिमा करीब २५ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको पहिलो ९ महीनामा रू. एक खर्ब २४ अर्ब ७७ करोड ५२ लाख राजस्व संकलन भएको तुलनामा रू. ३० अर्ब ६० करोड ७७ लाख बढी अर्थात् रू. एक खर्ब ५५ अर्ब ३८ करोड २९ लाख राजस्व संकलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button