खबर फटाफटदेश

थप १५ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button