अर्थ
सन नेपाल लाइफको चौथौ वार्षिक साधारण सभा शुक्रवार हुदै
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बैशाख ९ गते शुक्रवार हुनभएको छ ।
सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ । सभाले कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउन पूँजी वृद्धि प्रस्ताव राखेको हो ।
कम्पनीले अव सोही पूँजीको आधारमा आईपीओ निष्कासन गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
संञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।