देशमुख्य खबर

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

Thrill Factory
Rungta Group

प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने  बताएका छन्।

नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनै पनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नु पर्ने बताएका हुन् । 

गठबन्धन टुटे दलहरु फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै रहेको उनको भनाइ छ। त्यस्तै उनले वर्तमान निर्वाचन प्रणाली अनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक रहेको धारणा राखे।

त्यस्तै उनले गठबन्धन भएपछि गिभ एण्ड टेक हुने स्पष्ट पारे। कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने स्पष्ट भन्नुपर्ने भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको तर्क गरे।

देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देशन दिए। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button