खबर फटाफटदेश

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Thrill Factory
Rungta Group

सरकारले आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए का साथै जुकाको औषधि खुवाइने स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

वितरण केन्द्रमा जाँदा कोमिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेवीकाले घरदैलो कार्यक्रम गरी भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाइने मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button