No Image Headlineदेश

बढ्दो गर्मीले जनजीवन प्रभावित, के नेपालमा पनि लु चल्छ ?

Thrill Factory
Rungta Group

नेपालका कतिपय स्थानमा केही दिनयता बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बन्न थालेको छ।

प्रचण्ड गर्मीका कारण खासगरी दिउँसोतिर हिँड्डुललगायत घरबाहिरका गतिविधिमा असर परिरहेको मानिसहरूले बताएका छन्।

भारतको मौसम विज्ञान विभागले नेपालसँग सीमा जोडिएका बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गाल लगायतका राज्यमा आगामी केही दिनसम्म हिट वेभ अर्थात्‌ तातो हावा लु चल्ने चेतावनी जारी गरिसकेको छ।

नेपालमा चाहिँ तातो हावाको अवस्थाबारे विश्लेषण भइरहेको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाले जनाएको छ।

नेपालमा मार्च, अप्रिल र मे गरी तीन महिनाको अवधिलाई प्री मनसुन भन्ने गरिएको छ।

जलवायु विश्लेषण शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार पछिल्ला दिनमा नेपालका धेरैजसो मौसम केन्द्रमा सरदरभन्दा बढी तापक्रम मापन गरिएको छ।

कुनै पनि स्थानको सरदर तापक्रम भनेको सो ठाउँको ३० वर्ष अवधिको औसत तापक्रम भन्ने बुझिन्छ। ूहामीकहाँ पनि कतिपय स्थानमा सामान्य र कतिपय स्थानमा मध्यम हिट वेभ देखिएको छ, कँडेलले भनिन्।

ूमुख्यता पूर्वी तराईका जिल्लामा यस्तो देखिएको छ। यद्यपि यो पुष्टिकै चरणमा छ। कँडेलका अनुसार एकातर्फ तापक्रम बढ्ने क्रममा देखिएको छ भने अर्कोतर्फ सरदरभन्दा कम पानी परिरहेको अवस्था छ।

खासगरी लुम्बिनी प्रदेशका र पश्चिम तराईका जिल्लामा आगामी तीन दिनसम्म तापक्रम बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ राजु प्रधानाङ्गले बताए।

उनका अनुसार आइतवार नेपालगन्ज, धनगढी, भैरहवालगायत केही स्थानमा औसतभन्दा बढी तापक्रम मापन गरिएको थियो। आइतवार अपराह्न भैरहवामा अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियम मापन गरिएको थियो भने धनगढीमा ३८.९ र जनकपुरमा ३८.८ डिग्री सेल्सियम मापन गरिएको थियो।

यी ठाउँहरूमा मापन गरिएको अधिकतम तापक्रम औसतभन्दा माथि हो, प्रधानाङ्गले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button