खेल संसार

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता भोलिदेखि

Patanjali Nepal
Sweet Mart Food

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट हुने भएको छ ।

काठमाडौँमा सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल गल्फ टुर २०२१–२०२२ को छैंटौँ संस्करण रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने नेपाल प्रोफेसन्ल गल्फ संघले जनाएको छ ।

प्रतियोगिता ७२ होलमा खेलाइने छ । जसमा ३६ व्यावसायिक र २० अमेच्यर गरी कुल ५६ खेलाडीको सहभागिता रहने छ ।

अन्तिम ३६ होलको चरणमा भने उत्कृष्ट २१ व्यावसायिक खेलाडी र व्यावसायिक कटमा पर्न सफल हुने उत्कृष्ट ६ अमेच्यर खेलाडी छनोट हुने छन् । प्रतियोगितामा कुल ५ लाख ४५ हजार रुपैयाँको पुरस्कार राशीको व्यवस्था गरिएको छ ।

उत्कृष्ट प्रतिस्पर्धीमा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सन्जे लामा, रवि खड्का, राम थापा र सुबास तामाङ रहेका छन् ।

शुक्रबहादुर राई भने भारतीय व्यावसायिक भ्रमणमा रहेका छन् । विजेताले एक लाख रुपैयाँ र उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ४६ हजार रुपैयाँ पाउने छन् । साथै उत्कृष्ट २१ ले पनि पुरस्कार  प्राप्त गर्ने छन् । प्रतियोगिता वैशाख ७ गतेसम्म चल्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button