कला/साहित्य

फिल्मको तयारीमा हमाल, रहस्यमा किन ?

केही समय यता अभिनेता राजेश हमाल ठूलो पर्दामा देखिएका छैनन् ।

Patanjali Nepal
Sweet Mart Food

निकै आश गरिएको फिल्म ‘बागमती’ फ्लप भएपछि उनले फिल्म गरेका छैनन् । त्यसपछि प्रदर्शनमा आएको फिल्म ‘शकुन्तला’ ले समेत उनलाई राहत दिन सकेन । त्यसयता सानो पर्दामै रमाइरहेका अभिनेता हमालले बेलाबखतमा कम्ब्याक गर्ने चर्चा हुने गरेको छ ।

टिभी शो, विज्ञापनसँगै म्युजिक भिडियोमा व्यस्त रहेका अभिनेता हमालले अभिनय गर्ने भनिएको ‘सत्यम्’ नबन्ने अवस्थामा पुगेको छ । त्यसपछि उनलाई ‘छड्के २’ पनि अफर गरिएको चर्चा छ । यद्यपि यस विषयमा दुबै पक्षले केही बोलेका छैनन् । तर , आउँदो केही दिनमै छायांकन गर्ने गरी हमालले एक फिल्मको तयारी गरिरहेको बुझिएको छ ।

अघिल्लो समयमा हल्ला मात्र भएकाले अभिनेता हमाल यसपटक फिल्मको काम नसकिएसम्म यसबारे जानकारी दिने पक्षमा छैनन् । फिल्मका लागि उनले आन्तरिक तयारी समेत थालिसकेका छन् । तर, यो जानकारी मिडियासम्म दिएका छैनन् । ‘उनले अभिनय गर्ने फिल्म यही महिना नै छायांकनमा जान्छ होला’ अभिनेता हमालसँग जोडिएका एक सदस्यले भने ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button