खबर फटाफटदेश

थपिए १० जना कोरोना संक्रमित

नेपालमा विगत २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ३ हजार ६०० पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १० जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५० पुगेको छ । यसैगरी, सोमवार ३४ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ३७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button