श्रीलंकामा तेस्रो पटक मन्त्रिपरिषद पुनर्गठन

श्रीलंकामा उत्पन्न आर्थिक संकटसँग जुध्न राष्ट्रपति गोताबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।


त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तिव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताए ।
नवनियुक्त सबै मन्त्रीहरुलाई सोमवार नै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले बताएको छ ।
राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषदको पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरु मध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् ।
यसअघि यही अप्रिल ३ मा तत्कालिन मन्त्रिपरिषदका सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए ।
यसअघि देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ ।