
विगत लामो समयदेखि वीरगञ्जलाई आधार बनाएर कृषिजन्य उद्योगको प्रवद्र्धनमा लागेका निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवाललाई नेपाल चेम्बर अफ कमर्सले सम्मानित गरेको छ ।
समसामयिक सरोकारमा कलमसमेत चलाउँदै आएका अग्रवाललाई चेम्बरको ७१ औं वार्षिक साधारणसभाको अवसरमा राजबहादुर चिपालु मेमोरियल अवार्डद्वारा सम्मानित गरिएको हो ।


सभामुख अग्नीप्रसाद सापकोटाले चेम्बरको साधारणसभा उद्घाटनको अवसरमा आयोजित एक समारोहबीच अग्रवाललाई सम्मान हस्तान्तरण गरेका छन् ।
अग्रवालले कृषिजन्य उद्योगको प्रवद्र्धनमा पु¥याएको योगदानका लागि सो सम्मान दिइएको चेम्बरले जनाएको छ ।