देशमुख्य खबरविशेष

स्थानीय निर्वाचन : अन्यौल सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूका नेताहरूसँग आग्रह गरेको छ ।

Patanjali Nepal
Sweet Mart Food

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोमा आयोगको ध्यानाकर्षण भएको भन्दै यस्ता अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । 

त्यस्तै, आयोगले निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ९४ लाख थानमध्ये ४९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छपाइ भइरहेको जनाएको छ । पौडेलले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृतलगायतको प्रशिक्षण कार्यक्रम जारी रहेको जानकारी दिए । 

उनले जुन पार्टीको चुनाव चिह्नबाट टिकट पाउने हो, उम्मेद्वार पनि सोहि दलको हुने मान्यता आयोगले राख्ने स्पष्ट पारे ।

त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन स्थानीय तह निर्वाचन ई–बुलेटिन प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button