अन्तराष्ट्रिय

विस्फोटपछि रुसको प्रमुख सैन्य पानीजहाजमा क्षति

रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ।

उसले मस्क्भा अर्थात् मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

रुसी रक्षा मन्त्रालयले आगलागीको कारणबारे केही बताएको छैन। यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा दुईवटा युक्रेनी क्षेप्यास्त्र लागेको बताएका थिए।

युक्रेनमा बनेको नेप्च्युन क्षेप्यास्त्र उक्त सैनिक जहाजमाथि प्रहार गरिएको बताइएको थियो।

युक्रेनी राष्ट्रपतिका एक सहयोगी ओलेक्सी एरिस्ट्रोभिचले रुसी उद्धारकर्ताहरू उक्त पानीजाहाजमा पुग्न नसकिरहेको भन्दै त्यहाँ ५१० जनासम्म रहेको हुनसक्ने बताएका थिए। तर त्यसको पुष्टि भएको थिएन।

यसअघि सीमामा रहेको एउटा टापुको प्रतिरक्षा गरिरहेका युक्रेनी सीमा रक्षकहरूसँग गरेको व्यवहारका कारण उक्त सैनिक पानीजहाजले बदनामी व्यहोरेको थिए।

स्नेक आइन्यान्डमा खटिएका ती युक्रेनी सैनिकले मस्कोले गरेको आत्मसम्पर्णको मागलाई अस्वीकार गरेपछि अन्ततः तिनलाई बन्धक बनाइएको थियो।

यसैबीच रुसी सेनाले आफ्नो भूमिमा आक्रमण भइरहे युक्रेनको राजधानीमा रहेका कमान्ड केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button