खेल संसार

आईपीएलमा चेन्नईको पहिलो जित दर्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले पहिलो जित दर्ता गरेको छ ।

मंगलबार डिवाई पटिलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो। बैंगलोरको यो दोस्रो हार हो ।

चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि शाहबज अहमेदले ४१ रन जोडे। यसैगरी सुयश प्रभुदेशाईले ३४, दिनेश कार्तिकले ३४, ग्लेन म्याक्सवेलले २६ तथा अनुज रावतले १३ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो ।

चेन्नईका लागि शिबम दुबेले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ खेले ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button