खेल संसार

सिटी र लिभरपुल बराबरीमा

Thrill Factory
Rungta Group

दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले  लिभरपुलसँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो ।

सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।

पाँचौँ मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए। १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २-१ को अग्रता बनायो । तर दोस्रो हाफ सुरु भए लगत्तै मानेले गोल गर्दै खेल २-२ को बराबरी ल्याए ।

बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा  छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा  छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button