अन्तराष्ट्रिय

श्रीलंकामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको चेतावनी

Thrill Factory
Rungta Group

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावसँगै हिंसात्मक प्रदर्शन खेपिरहेको श्रीलंकामा विपक्षी दलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।

श्रीलंकाको मुख्य विपक्षी दल समागी जन बलवेगया पार्टीका प्रमुख सजिथ प्रेमदासाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले सरकारले मुलुकमा जारी संकट समाधान गर्नका लागि उपयुक्त कदम नचालेको खण्डमा सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउने बताएका हुन् ।

केही दिन अघिमात्रै श्रीलंकाको सरकारलाई समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेसँगै त्यहाँ सरकारको बहुमत गुमेको बताइएको छ ।

श्रीलंकामा जारी संकटका क्रममा हिंसात्मक सरकार विरोधी प्रदर्शन भइरहेका छन् । विपक्षीहरुले राष्ट्रपति गोताबाया राजपाक्षेलाई राजीनामा दिन आह्वान गर्दै आएका छन् ।

यद्यपि राष्ट्रपति राजपाक्षेले भने आफूले कुनै पनि हालतमा राजीनामा नदिने अडान लिँदै आएका छन् । केही दिनअघिमात्रै त्यहाँ २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button