
नेपालमा विगत २४ घण्टामा जम्मा सात जना कोभिड १९ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ६६८ जनामा गरिएको परीक्षणमा जम्मा सात जना संक्रमित भेटिएका हुन्।


उक्त अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु बिहीवार पनि शून्य रहेको छ। हाल मुलुकभर ७४७ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि ११ जना संक्रमित आईसीयू र एक जना जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।
मन्त्रालयका अनुसार हाल नेपालमा लक्षित जनसंख्याको ९३ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।