अन्तराष्ट्रिय
श्रीलंकामा हटाइयो संकटकाल, देशभर चीनविरोधी प्रदर्शन

श्रीलंकामा संकटकाल हटाइएको छ । श्रीलंकामा बिग्रिएको आर्थिकस्थितिबीच राष्ट्रपति गोटबाया राजपक्षेले मंगलबार मध्यरातदेखि देशभर लगाएको संकटकाल हटाएको हो।
उनले गत अप्रिल १ तारिखदेखि देशमा संकटकाल लगाएका थिए । मंगलबार बेलुकी हजारौं विद्यार्थीहरुले राजधानी कोलम्बोमा भारी वर्षाबीच प्रधानमन्त्री महिन्द राजपक्षेको घरमा मार्च निकालेका थिए ।
लगातर गिर्दो आर्थिक संकटबीच श्रीलंकाभर चीनको विरोधमा प्रदर्शन भएको छ । श्रीलंकाका मिडियाहरुका अनुसार प्रदर्शनकारीहरुले सरकारले सबै चीनलाई बेचेकाले केही पनि नबचेको बताएका छन् ।
चीनले दोस्रो देशलाई उधारो दिएर सबै खरिद गर्दै आएको आरोप श्रीलंकाली जनताले लगाएका छन् ।



