युद्ध हारेपछि युक्रेन छोड्दै रुसी सेना, पुटिन अब के गर्लान् ?

किभ नजिकैका सबै रणनीतिक क्षेत्रहरूमा रुसी सेनालाई हराउँदै युक्रेनी सेनाले पुन आफ्नो नियन्त्रणमा ल्याउन सफल भएका छन् । किभ नजिकैका इर्पिन, बुचा, होस्टोमेल लगायतका क्षेत्रमा केही हप्ताको भीषण भिडन्तपछि रुसी सेनालाई हराउँदै युक्रेनी सेनाले नियन्त्रणमा लिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।


रुसी नियन्त्रणमा रहेका दक्षिणी युक्रेनी शहरहरूमा पनि युक्रेन समर्थन प्रदर्शनकारीले रुसी नियन्त्रणका विरोधमा लगातार प्रर्दशन गरिरहेका छन् । प्रदर्शन दबाउन रुसी सेनाले हिंसात्मक उपाय अवलम्बन गरिरहेको र आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । युक्रेनमा अपेक्षित सैन्य सफलता हासिल गर्न नसकेपछि रुसी सेनाले अन्धाधुन्द आक्रमण जारी राखेको छ । युक्रेनी तेल भण्डारहरूमा रुसले लगातार आक्रमण गरिरहेको छ। युक्रेनी तेल भण्डारहरुमा रुसले गरेको आक्रमणले निभाउन युक्रेनी आकस्मिक सेवाका कर्मचारीहरूलाई हम्मे हम्मे परिरहेको छ । युक्रेनको राजधानी लगायत सम्पूर्ण क्षेत्र कब्जा गर्ने उदेश्यमा असफल भएपछि रुसी सेना युक्रेनको पूर्वी भाग कब्जा गरी मुलुक टुक्राउन सक्रिय रहेको हुनसक्ने विश्लेषकहरूको भनाइ छ । रुसले आफ्नो युक्रेन युद्ध रणनीति परिमार्जन गर्दै अब डोनबास र पूर्वी युक्रेनका अन्य क्षेत्रहरूलाई मे को शुरु सम्म कब्जामा लिने लक्ष्य राखेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो जित देखाउन युक्रेनमा पूर्वी क्षेत्रलाई खरानी नै बनाएर भएपनि कब्जामा लिनुपर्ने दबाबमा छन् ।