No Image Headlineअर्थविशेष

नेपालको रेल सपना : यसरी भइरहेको छ अन्तरदेशीय रेलमार्गहरूको निर्माण

रेल विभागका अधिकारीहरूका अनुसार नेपालमा भारतको आर्थिक र प्राविधिक सहयोगमा विभिन्न स्थानमा अन्तरदेशीय रेलमार्ग निर्माणको क्रममा रहेका छन्।

Patanjali Nepal
SweetMart Nepal

त्यसमध्ये केही निर्माणाधीन छन् भने अधिकांशको अध्ययन मात्र भएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले बीबीसीलाई बताए।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शनिवार जयनगर(कुर्था रेलसेवाको उद्घाटन गर्दैछन्

उनका अनुसार सन् २०१० मा भएको सम्झौता अनुसार नेपाल र भारत भारतीय सीमावर्ती बजारलाई नेपालका दक्षिणी सहरहरूसँग रेलका माध्यमबाट जोड्न सहमत भएका थिए।

सोही सम्झौता अनुसार न्यू जलपाइगुडी काकडभिट्टा ४६ किलोमिटर, बहनाह कटहरी (जोगबनी विराटनगर) १८ किलोमिटर, जयनगर जनकपुर बर्दिवास ६९ किलोमिटर, नौतनवा भैरहवा १२ किलोमिटर र रुपेडिया नेपालगञ्ज करिब १५ किलोमिटर गरी पाँचवटा रेलमार्ग निर्माणको प्रक्रिया अघि बढेको थियो।

त्यस बाहेक रक्सौल काठमाडौ रेल मार्गको काम पनि भारतीय सहयोगमै अघि बढेको चित्रकारले जानकारी दिए।

प्रारम्भिक अध्ययन सकिएको रक्सौल काठमाडौं रेलमार्गको कुल लम्बाइ १३६ किलोमिटर हुने अनुमान गरिएको छ।

तर विस्तृत अध्ययनपछि मात्र त्यसको यकिन दूरी तय हुने अधिकारीहरूले बताएका छन्।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने पूर्वाधार निर्माणको गति निकै सुस्त हुने गरेको कतिपय नेपाली विज्ञहरूले बताउने गरेका छन्।

अन्तरदेशीय रेलमार्ग निर्माणमा पनि ढिलाइ भएको कतिपयको धारणका छ।

तर रेल विभागका प्रवक्ता चित्रकारका भनाइमा हाल दुईवटा अन्तरदेशीय रेलमार्गमा निर्माण कार्य जारी छ भने अन्यको पनि प्राविधिक अध्ययनको काम सकिएको छ।

उनी भन्छन्, पाँचवटा क्षेत्रमा रेलमार्ग विस्तार गर्ने सम्झौता अनुसार जोगबनी विराटनगर र जयनगर जनकपुर बर्दिवास गरी दुईवटामा निर्माण भइरहेको छ।

त्यस बाहेकका रेलमार्गको अध्ययन सकिएकाले चाँडै ती क्षेत्रमा पनि निर्माण हुने उनको विश्वास छ।

त्यस बाहेक रक्सौल काठमाडौं रेलमार्गको पनि पहिलो चरणको प्रारम्भिक अध्ययन सकिएको चित्रकार बताउँछन्।

उनले भने, त्यसपछिको विस्तृत अध्ययनका लागि पनि नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएर भारतीय पक्ष फिल्डमा गएर काम गरिरहेको छ।

ढिलाइका कारण

सन् २०१० मा भएको सम्झौता अनुसार पाँच वर्षमा नेपाल(भारत अन्तरदेशीय रेलमार्गहरू बन्ने भनिएको तर त्यो हुन नसकेको कतिपय विज्ञको भनाइ छ।

उनीहरूका अनुसार नेपाली पक्षकै कमजोरीका कारण ती परियोजनाहरू तोकिएकै समयमा सम्पन्न हुन नसकेका हुन्।

रेल विभागमा समेत काम गरिसकेका एकजना विज्ञ प्रकाश उपाध्याय भन्छन्, हामी बनिसकेको रेलवे त सञ्चालन गर्न सकेनौँ बनाउनेमा त ढिलाइ हुने नै भयो।

उनका अनुसार नेपाली भूमिमा पर्ने कतिपय क्षेत्रमा सर्भेको काम समेत नभएको अवस्था रहेकाले पनि अन्तरदेशीय रेलमार्ग विस्तारमा ढिलाइ भएको हो।

उपाध्याय पछिल्लो समयमा ढिलाइ हुनुको एउटा कारण कोभिड महामारी पनि भएको बताउँछन्।

त्यस्तै केही स्थानमा जग्गा अधिग्रहणको समस्या पनि छ। त्यसले पनि ढिलाइ भएको छ। नेपालभित्रै देखिएका यस्ता समस्याका कारण भारतीय पक्षले पनि खासै वास्ता नगरेको हुनसक्छ।

नेपाल भारत अन्तरदेशीय रेलमार्ग निर्माणमा भारतको आर्थिक र प्राविधिक सहायता पाएको नेपालले आफ्नो पूर्वी सीमादेखि पश्चिमसम्म जोड्ने रेलमार्ग भने हालसम्म आफ्नै खर्चमा अघि बढाइरहेको अधिकारीहरू बताउँछन्।

मेची महाकाली रेलमार्ग पनि भनिने उक्त आयोजनाअन्तर्गत नेपालको पूर्वी सीमानाका काँकडभिट्टादेखि पश्चिमी सीमानाका गड्डाचौकीसम्म रेलमार्ग बनाउने लक्ष्य राखिएको छ।

उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको रेल विभागका प्रवक्ता चित्रकारले बताए।

उनले भने, विभिन्न ११ वटा प्याकेजमा गरेर हामीले उक्त रेलमार्गको डीपीआर तयार पारिसकेका छौँ।

पूर्वपश्चिम रेलमार्ग अन्तर्गत बर्दिवासदेखि निजगढसम्मको ७० किलोमिटर क्षेत्रमा भने हाल निर्माण कार्य जारी रहेको उनले बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button