अन्तराष्ट्रिय

पाकिस्तान: इमरान खानद्वारा संसद् भङ्ग गर्ने सिफारिस

आफूविरुद्धको अविश्वासको प्रस्तावलाई संसद्ले रोक लगाइदिएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् भङ्ग गर्ने सिफारिस गर्दै चुनावको तयारी अघि बढाउने घोषणा गरेका छन्।

उक्त घोषणाअघि पाकिस्तानको न्याश्नल असेम्बलीले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएको थियो।

त्यसपछि राष्ट्रका नाममा सम्बोधन गर्दै खानले आफूले राष्ट्रपतिसमक्ष संसद् भङ्ग गरेर फेरि चुनाव गराउन सिफारिस गरेको जानकारी दिए।

संसद्‌मा अविश्वासको प्रस्तावका कारण अस्तव्यस्तता उत्पन्न भएको समयमा उनले यस्तो कदम चालेका हुन्।

प्रधानमन्त्रीले हार्ने देखिएको अविश्वासको प्रस्तावविरुद्धको मतदान गराउन संसद्का उपसभामुखले अस्वीकार गरेका थिए।

खानले प्रधानमन्त्रीबाट आफूलाई हटाउन अन्तर्राष्ट्रिय स्तरबाट षड्यन्त्र रचिएको भन्दै अमेरिकाले त्यसको योजना बुनेको आरोप लगाएका थिए।

बीबीसीका सिकुन्दर केर्मानीका अनुसार प्रधानमन्त्री सेनाको सहयोगले सत्तामा आएको धेरैले ठानेका थिए तर अहिले विश्लेषकहरूले त्यो सम्बन्ध बिग्रिएको आकलन गरेका छन्।

उनका राजनीतिक प्रतिद्वन्द्वीहरूले खानको गठबन्धनबाट कैयौँ सांसदलाई आफूतर्फ तान्न सफलता पाएका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button