प्रम देउवाको भारत भ्रमण : ४ सम्झौतामा हस्ताक्षर, चल्यो जनकपुर-जयनगर रेल

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा आज नेपाल र भारतबीच ४ ओटा सम्झौता भएको छ ।



नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तापछि त्यसपछि दुवै देशको प्रतिनिधिमण्डल बीचको भएको छलफलबाट चार ओटा सम्झौतामा हस्ताक्षर भएको हो ।



नेपाल र भारतबीच अन्तरराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको बताइएको छ ।



नेपाल र भारतका सम्बन्धित मन्त्रालयका अधिकारीहरुले चार फरकफरक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यससैबीचऔपचारिक रुपमाा शनिवारदेखि जनकपुर जयनगर रेल सेवा सञ्चालनमा आएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल सञ्चानमा आएको हो ।
उद्घाटनसँगै आइतवारदेखि रेल नियमित रूपमा सञ्चालन हुने छ । अव उक्त रेलले भारतको जयनगरदेखि नेपालको कुर्थासम्म यात्रु ओसार्ने काम नियमित गर्ने छ ।
आइतवारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा रेल चल्नेछ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ ।
रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले बताएको छ ।
जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको कम्पनीले बताएको छ । लामो समयदेखि रेल पालले छोपेर राखिएको थियो ।