अन्तराष्ट्रिय

श्रीलंकामा राष्ट्रव्यापी संकटकाल घोषणा

श्रीलंकाको सरकारले त्यहाँ राष्ट्रव्यापी संकटकालको घोषणा गरेको छ ।

सरकारले हिसांत्मक आन्दोलन  नियन्त्रण तथा सर्वसाधारणको सुरक्षाका लागि अनिश्चितकालिन संकटकाल घोषणा गरिएको बताएको छ ।

त्यहाँ खासगरी विदेश मुद्राको अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि  केहि दिन यतादेखि हिंसात्मक आन्दोलन भइरहेको छ ।

राष्ट्रपति गोताबाया राजापाक्षले शुक्रवार रातीदेखि लागू हुने गरी संकटकाल घोषणा  गरेका हुन् ।

श्रीलंकामा अभाव सृजना भएसँगै हिंसात्मक आन्दोलनसमेत भएको छ । गत बिहीवारमात्रै राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवास नजिकै आन्दोलनकारीले विरोध प्रदर्शन गरेका थिए ।

बीबीसीका अनुसार संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा संलग्नलाई वारेन्टविना पनि पक्राउ गर्न भनिएको छ । अहिले श्रीलंका ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत् कटौती हुने गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button