देशमुख्य खबर

प्रधानमन्त्री देउवा र मोदी बीच भेटवार्ता, जयनगर – कुर्था रेल उद्घाटन हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच शनिवार अपरान्ह भेटवार्ता शुरु भएको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता शुरु गर्नुभएको हो ।

स्रोतका अनुसार दुवै जना प्रधानमन्त्रीका बीचमा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढताका साथ अगाडि बढाउने उपायबारे विचार आदान–प्रदान पनि भएको छ।

तीन दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा र समकक्षी बीच द्विपक्षीय औपचारिक वार्तापछि  जनकपुर- जयनगर रेलको औपचारिक रुपमा शुरुआत गर्ने कार्यक्रम छ  ।

यसैगरी नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।

ती कार्यक्रम पछि दुवै जनाले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button