कला/साहित्य

महको निर्देशनमा बन्यो ‘अनुष्का’ (भिडियोसहित )

Thrill Factory
Rungta Group

मह जोडी अर्थात वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ निर्माण गरेका छन् ।

हाँस्यरसमार्फत् चेतना जगाउँदै आएको महजोडीले पछिल्लो समय सिरियल बाहेक पनि छोटा फिल्ममार्फत् यसलाई निरन्तरता दिएका छन् ।

अनुष्कामा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, गोकुल अधिकारीको छायांकन, हरिवंश आचार्यको कथा, पटकथा र संवाद रहेको छ भने यसलाई मदनकृष्ण श्रेष्ठले हरिवंशसँग मिलेर निर्देशन गरेका छन् ।

साइबर सुरक्षा र चेतनाबारे जानकारी दिने ‘अनुष्का’ लाई युट्युबमा सार्वजनिक गरिएको छ । फिल्ममा महसँगै हिउँवाला गौतम, प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली, आर्यन खरेल, प्रतिशा रिजाल, दिनेश कडेल, संजय गौतम, रोशनी गौतम, बिमल खड्का, विशाल पुरी, प्रभा पौडेल, रेविका परियार, अनिशा बुढाथोकी, संगीता ढुङगाना, प्रतिभा ताम्राकारलगायतको अभिनय रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button