विश्वकप फुटबल २०२२: स्पेन र जर्मनी एउटै समूहमा
कतार विश्वकप फुटबल २०२२ अन्तर्गत स्पेन र जर्मनी एउटै समूहमा परेका छन् ।
दोहास्थित दोहा एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा भएको ड्रमा यी राष्ट्र एउटै समूह ‘ई’ मा परेका हुन् । ड्रमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
विश्वकप आयोजक कतार भने समूह ‘ए’ मा परेका छन् । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने छ ।
यस्ताे छ विश्वकप ड्रः
समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता
समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया