
केहि दिनयता उपत्यकासँगै देशका शहरी क्षेत्रमा वायुमण्डलमा वायुको गुणस्तर सूचकांक एक्युआईको मात्रा १ सय ५० नाघ्दै २ सय को हाराहारीमा पुगेको छ ।
एक्युआई जति बढ्दै गयो उति घातक मानिन्छ । उपत्यकामा वायु प्रदुषणको तह घातक उन्मूख छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्युआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ ।


सवारीसाधनबाट अनियन्त्रित धूँवा, इँटाभट्टा प्रयोग हुने समय बढी, अत्याधिक डढेलो लाग्ने, फोहोर जलाउँने साथै अन्य पूर्वाधार निर्माणको गतिविधि बढी हुने हुँदा प्रदुषणको मात्रा ह्वात्तै बढेको र अझ बढ्न सक्ने वातावणविद्हरुको बुझाई छ ।
प्रदुषण नियन्त्रण तर्फ सरकारी उदासिनता र वातावरण क्षेत्रमा काम गर्ने निकायहरु पनि प्रदुषणप्रति ध्यान नदिँदा अवस्था हरेक वर्ष थप विकराल बन्दै गएको उनीहरुको तर्क छ ।
मानव स्वास्थ्यका दृष्टिकोणले वायु प्रदुषणको जटिलता अनेकन छ । यसले निरोगीलाई रोगी बनाउने र रोगीलाई थप पिडा दिने निश्चित छ । स्वास्थ्यकर्मीहरुले यसतर्फ सचेत गराएकै छन् ।
तर आफ्नो दैनिकी गुजार्न सडक छेउमा काम गर्ने मजदुर, साना व्यापारी, पैदलयात्री र साइकल–मोटरसाइकलमा दौडधूप गर्ने सर्वसाधरण अझ जोखिममा छन ।
अहिलेको अवस्थामा सकेसम्म घर वाहिर ननिस्कन र निस्नै परे पनि मास्कको प्रयोग गर्न विज्ञहरुको सुझाव छ ।