खेल संसार

बराबरीमा रोकियो अर्जेन्टिना

Thrill Factory
Rungta Group

फिफा विश्वकप छनोटमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो।

अर्जेन्टिनाका जुलियन अल्भारेजले खेलको २४औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । इक्वेडरका इन्नर भ्यालेन्सियाले इन्जुरी समयमा गोल गर्दै बराबरीमा पुर्‍याएका हुन् ।

यस अघि नै विश्वकपमा स्थान बनाइसकेको अर्जेन्टिना यो बराबरीसँगै १७ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इक्वेडर २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button