अन्तराष्ट्रिय

रुस र युक्रेनबीच आज पनि शान्ति वार्ता हुँदै

Patanjali Nepal
Sweet Mart Food

रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ ।

वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ । युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ ।

हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताउनुभएको थियो । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्नेमा उहाँको जोड छ।

रुसका राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो टेलिफोन वार्तामा रूसी र युक्रेनी प्रतिनिधिमण्डल इस्तानबुलमा भेट्ने सहमति भएको थियो । रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलो पटक फेब्रुअरी २८ मा बेलारुसमा वार्ता भएको थियो ।

त्यस्तै बेलारुसमै दोस्रो चरणको वार्ता गएको मार्च ३ तारिख, तेस्रो चरणको ७ तारिख र चौथो चरणको वार्ता १४ तारिखमा भएको थियो । वार्तालाई निरन्तरता दिँदै उनीहरुले पाँचौँ चरणको वार्ता गर्न लागेका रुसी समाचार संस्था तासले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button