अन्तराष्ट्रिय

पश्चिमा मुलुकले कायरता देखाए : जेलेन्स्की

Thrill Factory
Rungta Group

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूले कायरता देखाएको टिप्पणी गरेका छन् । भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले पश्चिमा मुलुकहरुले युक्रेनलाई हतियार दिने विषयमा ढुलमुले प्रवृत्ति अपनाएर कायरता देखाएको टिप्पणी गरेका हुन् ।

‘मैले मारिउपोलका रक्षकहरुसँग कुराकानी गरेको छु । म उनीहरूसँग नियमित सम्पर्कमा छु । उनीहरूको दृढता र बहादुरी अपत्यारिलो छ ।’ उनले भने ‘हामीलाई दर्जन जेट र ट्याङ्क दिन विचार गर्नेहरुमा उनीहरुको जति एक प्रतिशत पनि साहस हुन्थ्यो भने… ।’

हाल रुसी फौजले युक्रेनको दक्षिणी शहर मारिउपोललाई चौतफी घेराबन्दीमा पारेर व्यापक हमलाहरू गरिरहेको छ । यद्यपि उक्त शहरलाई अझै रुसी फौजले कब्जामा लिन सकेका छैनन् ।

राष्ट्रपति जेलेन्स्कीले बेलाबेला पश्चिमा मुलुकहरुसँग रुसी फौजविरुद्ध लड्न हतियार र अन्य सैनिक उपकरण सहयोग गर्न माग गर्दै आएका छन् । यस विषयमा युक्रेनको छिमेकी देश पोल्याण्डले युक्रेनलाई लडाकु विमान दिने प्रस्ताव पनि अघि सारेको थियो ।

उक्त प्रस्तावमा पोल्याण्डले जर्मनीमा रहेको अमेरिकी नेटो सैनिक विमानस्थलमार्फत् युक्रेनलाई आफूसँग रहेका लडाकु विमान उपलब्ध गराउने बताएको थियो । यद्यपि नेटो मुलुकहरुले यस विषयमा खासै रुची देखाएका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button