No Image Headlineअर्थ
चीनले नेपाललाई साढे ११ अर्ब अनुदान सहयोग दिने

चीनले नेपाललाई चिनियाँ युआन ६०० मिलियन (साढे ११ अर्ब रुपैयाँ) अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
नेपाल र चीनबीच शनिबार हस्ताक्षरित आर्थिक तथा प्राविधिक सहयोग सम्झौता अन्तर्गत उक्त रकम उपलब्ध गराइने भएको हो।


परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले साढे दुई वर्षअघि नेपाल भ्रमणमा घोषणा गरेको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयन अन्तर्गत एक वर्षका लागि साढे ११ अर्ब अनुदान चीनले दिने भएको हो।
सन् २०२० मा उक्त सहयोग नेपालले लिनुपर्ने थियो। अहिले त्यही ५६ अर्ब अन्तर्गत साढे ११ अर्ब सहयोग कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
चीनसँगको परामर्शपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा उक्त रकम खर्च गर्ने योजना सरकारले बनाएको छ।