खेल संसार
घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित

इंग्लिस क्लब एभर्टनका मिडफिल्डर विंगर एन्ड्रोस टाउनसेन्डले यो सिजनको अरु खेल गुमाउने भएका छन् ।
टाउनसेन्डलाई घुँडामा चोट लागेपछि बाँकी खेलहरू खेल्नबाट वञ्चित भएका हुन् ।
उनलाई एफए कप अन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा चोट लागेको थियो ।
टाउनसेन्डको घुँडाको शल्यक्रिया हुने बताइएको छ ।


