अन्तराष्ट्रिय

युक्रेनी शरणार्थीलाई सहयोग गर्न रुसी पत्रकारले नोबेल पुरस्कार लिलामी गर्ने

Thrill Factory
Rungta Group

गत वर्ष नोबेल शान्ति पुरस्कार पाएका रुसी पत्रकार दिमित्री मुरातोभले युक्रेनी शरणार्थीका लागि सहयोग जुटाउन पदक लिलामी गर्ने घोषणा गरेका छन् ।

उनले पदक लिलामीको सम्भावनाका लागि लिलामघर पनि खोजिरहेको समाचार संस्था एपीले जनाएको छ ।

नोभाया गजेटा अखबारमा लेख छाप्दै उनले मानिसहरुलाई ‘शरणार्थी, घाइते र बालबालिकासँग आवश्यक वस्तुहरु बाँड्न’ समेत आह्वान गरेको बताइएको छ ।

गत वर्ष नोबेल शान्ति पुरस्कार जितेका उनले पुरस्कारस्वरुप प्राप्त नगद रुसमा स्वतन्त्र मिडियाको प्रोत्साहनका लागि र स्वास्थ्य समस्या भएका मानिसहरुका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

नोभाया गजेटा अखबारका सम्पादक समेत रहेका उनलाई गत वर्ष फिलिपिन्सकी अर्की पत्रकार मारिया रेसासँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button