अन्तराष्ट्रिय
बेलायती पूर्व प्रधानमन्त्री आफैँ भ्यान हाँक्दै शरणार्थीलाई सहयोग गर्न पोल्याण्डतर्फ

बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन युक्रेनी शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै पोल्याण्डतर्फ लागेका छन् ।



पूर्व प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तस्वीर सार्वजनिक गर्दै रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएकाहरुलाई सहायता प्रदान गर्न आफैँ भ्यान चलाएर पोल्याण्डतर्फ लागेको बताएका हुन् ।



उनको भ्यानमा अक्सफोर्डशायर फुड प्रोजेक्ट चिप्पी लार्डरले संकलन गरेको सामग्रीहरू रहेको र पोल्याण्ड पुगेर ती सामग्री रेडक्रसलाई प्रदान गर्ने बताइएको छ ।



उनीसँगै उनका अरु दुई साथीहरु पनि पोल्याण्ड यात्रामा रहेको बीबीसीले जनाएको छ ।
‘यो निकै लामो यात्रा हुनेछ, तर म तपाईँहरूलाई बाटोभरि अपडेट गराइरहनेछु ।’ उनको ट्विटमा लेखिएको छ ।