खेल संसार
एस्टन भिल्लामाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा आर्सनल विजयी भएको छ। एस्टन भिल्लालाई आर्सनलले १-० ले पराजित गरेको हो।
आर्सनलका लागि निर्णायक गोल बुकायो साकाले गरे। खेलको ३० औं मिनेटमा उनले गोल गरेका थिए।
अर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ भने एस्टन नवौं स्थानमा छ।