No Image Headlineखबर फटाफटदेश

१७ जनामा कोरोना संक्रमण पुष्टि, ४०९ जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

नेपालमा विगत २४ घण्टामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार उक्त अवधिमा १ हजार ९९३ पीसीआर परीक्षणमा आठ जना र २ हजार ५५० एन्टिजेन परीक्षणमा नौ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ४०९ जना रहेको छ । हाल मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३ हजार ५९५ जना रहेको छ ।

स्वास्थ्य मन्त्रालयले  सरकारले नेपालभित्रै वा अन्यत्रबाट पनि नेपालमा नयाँ किमिमका कोरोनाभाइरस भित्रिन सक्ने ठानेर त्यसै अनुसारका परीक्षणलाई जारी राखेको बताएको छ।

मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरिअन्ट डेल्टाक्रोन नेपालमा पनि भित्रिन सक्ने कुरालाई ध्यानमा राख्दै सावधानीपूर्वक निगरानीका काम जारी राखिएको बताएको छ । जसका लागि भाइरसको भेरिएन्ट पहिचान गर्न जीन सीक्वन्सिङ गर्ने काम निरन्तर भइरहेको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मार्च ९ मा उक्त नयाँ भेरिअन्ट पत्ता लागेको घोषणा गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button