खबर फटाफटदेश

कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट (तालिकासहित)

Thrill Factory
Rungta Group

कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ गतेबाट हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बोर्डले परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने जनाएका छन् ।

विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।

कोभिड १९ को संक्रमणबाट बच्न सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन हुने पनि नियन्त्रक शर्माले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button