देशमुख्य खबर

फागुको रौनक : काठमाडौं उपत्यकतासहित पहाडी क्षत्रमा होली खेलिँदै

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षौल्लासका साथ सर्वसाधारणहरु होली (फागु) मनाइरहेका छन् ।  रङको पर्व भनेर चिनिने यो पर्व तराई मधेसमा भने शुक्रबार मनाइन्छ ।

काठमाडौंको विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा अहिले होली खेल्न सुरु भैसकेको छ । ती क्षेत्रमा विदेशी पर्यटकहरु पनि होली खेलेर खुसी साटिरहेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button