खेल संसार
कमजोर पपुवा न्युगिनीसित नेपालको कठिन जीत

आइसीसी विश्वकप लिग-२ को पुछारमा रहेको टोली पपुवा न्यूगिनी विरुद्ध बुधवार प्रतिस्पर्धात्मक एक दिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ।
युएईको शारजाह क्रिकेट स्टेडियममा २०५ रनको लक्ष्य पछ्याउन आएको नेपाली टोलीले निकै खराब सुरुआत गर्यो।


तर आरिफ शेख र रोहित पौडेलले पाँचौँ विकेटको लागि १०२ रनको शतकीय साझेदारी गरेपछि टोलीले चार बल बाँकी छँदै जित पक्का गरेको हो।
ओडीआईमा कुनै पनि नेपाली जोडीले गरेको यो पहिलो शतकीय साझेदारी पनि हो।
दुवैले अर्धशतकीय पारी पनि खेले। पौडेलले ८५ बल खेलेर ओडिआईमा पहिलो पटक ५८ रन बनाए भने शेखले ५३ रन बनाए।
उनीहरूले ४२ रनको स्थितिबाट खेललाई १४४-६ मा पुर्याएका थिए।