No Image Headlineअर्थमुख्य खबर

सुपारीमा आर्थिक चलखेल : प्रधानमन्त्री निवासको दबाबमा व्यापारिक फर्मलाई आयात अनुमति

Thrill Factory
Rungta Group

उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोजनका लागि दिने भनेर राजपत्रमा प्रकाशित भए पनि वाणज्यि विभागबाट सीधै प्रधानमन्त्री निवासको दबाबमा ९ वटा व्यवसायिक फर्मको नाममा अनुमतिपत्र दिएको खुलासा भएको छ ।

फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सुपारी, केराउ र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्नेगरी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयात अनुमति प्रदान गर्न स्वीकृति दिएको जनाइएको छ ।

तर, अनुमति पाउने ९ वटा फर्म कुनै पनि उद्योग होइनन् । यिनीहरू व्यापारिक फर्म हुन् । व्यापारीलाई सुपारी आयातका लागि अनुमति दिने उद्देश्यले ठूलो आर्थिक डिल गरेर आयात खुलाइएको थियो ।

अनुमतिपत्र पाउनेमा उद्योग होइन, विगतमा पनि तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारत तस्करी गर्नेमा ख्याती कमाएका दिनेश राठी, कमलकिशोर मालपानीलगायतका व्यक्तिका व्यापारिक फर्म रहेका छन् ।

उद्योग विभागले सिफारिस नगर्दै फर्मले अनुमति पाएपछि मन्त्रालयमै खैलाबैला मच्चिएको छ । मन्त्रालयका उद्योग सचिव अर्जुन पोखरेलले आयात अनुमतिसम्बन्धी निर्देशिका नै आफूकहाँ मंगलबारमात्र आइपुगेको भन्दै त्यसरी अनुमतिपत्र दिनै नमिल्ने बताए ।

उनले भने, राजपत्रमा सूचना प्रकाशित भएपछि निर्देशिका बनेर मकहाँ आजमात्र आइपुगेको छ । उद्योगले परिणाम खुलाएर कच्चा पदार्थका रूपमा ल्याउन पाउने हुन् । ट्रेडिङ फर्महरूले अनुमति पाउँदैनन् ।’

यसबारेमा जानकारी लिन खोज्दा वाणिज्य सचिव गणेश पाण्डे सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार सुपारी आयातको अनुमति पाएका फर्महरूले पत्र बुझ्न थालिसकेका छन् ।

विभागको निकासी, पैठारी इजाजत तथा सहजीकरण विभागबाट सोमबारै ९ वटा फर्मको नाममा पत्र बनाइएको बताइन्छ । प्रत्येक फर्मले एक हजार मेट्रिक टनका दरले दाना सुपारी ल्याउन पाउनेगरी स्वीकृति भएको स्रोतले जनाएको छ ।

उद्योग वाणिज्य मन्त्रालयमा मन्त्री नभएको कारण यो सबै निर्णय र निर्देशन सीधै प्रधानमन्त्रीकैबाट भएको छ । सुपारी आयातको अनुमति खुलाउने निर्णय भएलगत्तै प्रधानमन्त्री पत्नी आरजु देउवा र व्यापारीसँग आर्थिक डिल गरेका प्रधानमन्त्रीका गृहजिल्लाबासी बिचौलिया रामचन्द्र भट्ट विदेशतिर लागिसकेका छन् । साभार नेपाल प्रेस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button