No Image Headlineदेश

स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न ७९ वटा राजनीतिक दल दर्ता

Thrill Factory
Rungta Group

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजजनीतिक दल दर्ता भएका छन् ।

आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेले जानकारी दिए ।

उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ ।

‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button