No Image Headlineअर्थ

विवादास्पद व्यापारी विश्वकरण जैनको कालो धन्धा, म्याद सकिएको ‘न्यु लुक’ कस्मेटिक धमाधम बजारमा

Thrill Factory
Rungta Group

वीरगञ्जका विवादास्पद व्यापारी विश्वकरण जैन सञ्चालक रहेको नेपाल हर्बल इण्डस्ट्रिजमा लाखौं मूल्यको म्याद गुज्रिएको कस्मेटिक मालसामान फेला परेको छ । यस्तो मालसामानलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

वीरगञ्ज १० आदर्शनगरस्थित नेपाल हर्बल इण्डस्ट्रिज उद्योगमा अनुगमन टोलीले छापा मारेर ६३ लाख रुपैँयाभन्दा बढी मूल्यको म्याद गुज्रिएका कस्मेटिक सामानहरु बरामद गरी नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण वीरगञ्जका कार्यालय प्रमुख दिलीप खंग खत्वेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले केही दिनअघि सो उद्योगमा शील गरेको थियो । मालसामान चेक गर्दा म्याद गुज्रिएको भेर्टिकाले नष्ट गरिएको खत्वेले बताए ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तवको नेतृत्वमा खटिएको टोलीले उद्योगमा छापा मारेको हो । उद्योगका सञ्चालक भने फरार रहेको प्रशासनले जनाएको छ ।

म्याद गुज्रिएको कस्मेकिट बेचेर उपभोक्ता ठग्ने जैन भने हिमाली जिल्लाको पदयात्रा भ्रमणमा निस्किएको उनको पारिवारिक स्रोतले बताएको छ ।

उद्योगका सञ्चालक जैन उद्योगमा नभेटिएकाले उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटिएको श्रीवास्तवले बताए।

विश्वकरण जैन विवादस्पद छविका व्यापारी हुन् । सम्पत्तिको मामिलामा उनी बारम्बार पारिवारिक विवादमा समेत मुछिने गरेका छन् ।

उद्योगको गोदाममा भण्डारण गरी राखिएका म्याद गुज्रिएका क्रिम, कपालमा लगाइने जेल, रंग, नङपोलिसलगायत ३२ हजार ५ सय ६ थान कस्मेटिक सामान जफत गरी नष्ट गरिएको खत्वेले जानकारी दिए।

श्रीवास्तवका अनुसार विश्वकरण जैन सञ्चालक रहेको उक्त हर्बल उद्योगले म्याद गुज्रिएका कस्मेटिक सामानहरु पनि बजारमा बिक्री गरिरहेको सूचना स्थानीय प्रशासनलाई प्राप्त भएको थियो।

त्यही सूचनाका आधारमा खटिएको अनुगमन टोली उद्योगमा पुगेर छापा मारेको थियो। उद्योगको गोदाममा छापा मार्ने क्रममा म्याद गुज्रिएका कस्मेटिक सामान फेला परेपछि टोलीले सुरुमा गोदाम शील गरेको थियो।

त्यसपछि गोदाममा रहेका सामानहरुको उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मितिबारे एक(एक गरी लगत लिएपछि ती सामानहरु जलाएर नष्ट गरिएको श्रीवास्तवले बताए।

कस्मेटिक सामानहरुको प्रयोग गरिसक्नुपर्ने समयावधि, उत्पादन भएको मितिले ३ वर्षको मात्रै थियो। तर, प्रयोग गरिसक्नुपर्ने मिति वितिसकेको भए पनि उद्योगले सामानहरु नष्ट नगरी बजारमा पठाउनका लागि गोदाममै भण्डारण गरी राखेको श्रीवास्तवले बताए।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button