अर्थमुख्य खबर

खाने तेलको भाउ अचाक्ली बढ्यो, सरकारले रोक्ला त निकासी ?

Thrill Factory
Rungta Group

रुस युक्रेन युद्धका कारण आपूर्तिमा समस्या देखाएर बजारमा खानेतेलको भाउ बढाएपछि बजार मूल्य सन्तुलनमा राख्न खानेतेलका निकासी रोक्नुपर्ने माग उठ्न थालेको छ ।

स्वदेशी तेल उद्योगले युक्रेन, क्यानडा, अस्टेलियालगायतका देशबाट सूर्यमुखी, भटमासको कच्चा तेल र तोरी मगाएर यहाँ उत्पादन गर्दछन् । यहाँ प्रशोधन भएको अधिकांश तेल भारत निकासी हुन्छ ।

वीरगञ्जका एक उद्योगीक अनुसार अहिले नेपालमा वार्षिक २५ लाख टन तेल उत्पादन हुन्छ । आन्तरिक खपत ५ लाख टनमात्रै छ ।

अहिले बजारमा तेलको मूल्य अचाक्ली बढेकाले निकासी रोक्नुपर्ने तर्क उपभोक्तावादीहरुको छ । यसले मूल्य नियन्त्रण र युक्रेन संकट लम्बिएका तेलको अभाव रोक्न सक्दछ, एक उपभोक्तावादीले भने ।

सरकारले खानेतेलको मूल्यवृद्धिलाई स्वाभाविक भनेको छ । तर, युक्रेनमा युद्ध शुरु हुनेवित्तकै यता भाउ बढाएकाले उद्योगीको बदनियत देखिएको बुझाई उपभोक्ताको छ ।

उद्यमी र ठूला व्यापारीले स्टकमा रहको तेलको मूल्य बढाएको आरोप उनीहरुको छ । नेपालमा ८० प्रशितसत सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेल र ९० प्रतिशत तारी आयात हुन्छ ।

। ती देशबाट कच्चा पदार्थ भित्रिन कम्तीमा २ महीना लाग्दछ । यस्तोमा स्टकमा रहेको तेलमा मूल्य बढेको दाबी गर्दै त्यसलाई ठिक गर्न निकासी रोक्नुपर्ने बताइएको हो ।

तर, उद्योगीहरु भने अन्तर्राष्टिय बजारमा मूल्यमा उतारचढाव आइरहने भएकाले बढेको बेला नाफा भए पनि बजार घटेको बेला स्टकका कारण नोक्सानी हुने दाबी गर्दछ ।

नोक्सानी भएको बेला बढाएर बेच्न नसकिने भएकाले बजार बढेको बेला मूल्य बढ्दा घाटालाई सन्तुलित गर्ने तर्क ती व्यापारीको छ ।

अन्तर्राटिय बजारमा अर्धप्रशोधित तेलको भाउ बढेकोबढ्यै छ । अहिले युक्रेन संकटपछि कच्चा पदार्थ पाउन छोडिएको आयातकर्ताले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button