देश

मधेसीलाई ओलीको ललिपप-एमालेको सरकार बने नागरिकता समस्या सम्बोधन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा नागरिकता समस्या सम्बोधन गर्न अध्यादेश ल्याधएको बताएका छन एमालेको सरकार बनेमा समस्या सम्बोधन गर्ने उनले बताए।

देश बनाउन पार्टी एमाले भएको बताएका छन्। ओलीले जनताको समस्या सम्बोधन गर्ने पार्टी एमाले भएको जिकिर गरे।

वीरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘एमाले देश बनाउने र जनताको वास्तविक समस्यालाई समाधान गर्ने पार्टी हो ।

नेकपाको तत्कालीन सरकारले विगत तीन वर्षमा हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, बारादेखि धनुषा सम्मको १ लाख ८५ विघा क्षेत्रफल जग्गा सिँचाइ हुने सुनकोशी मरिन डाइभर्सन लगायतका काम अघि बढाएको बताए।

उनले जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता चार हजार पुर्योइएको पनि बताए। एमालेको सरकार बनेमा भत्ता ५ हजार पुर्यायउने पनि उनले बताए।

एमाले प्रवेश गर्दै मेयर विजयकुमार सरावगीले केपी ओलीबाट आफू पहिलेदेखिनै प्रभावित भएको बताए।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button