अन्तराष्ट्रिय

रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण

Thrill Factory
Rungta Group

रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन्।

शुक्रबार लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

रुसले उत्तर पश्चिममा रहेको लुट्स र मध्यपूर्वमा रहेको नीप्रो सहरमा आक्रमण गरेको हो। आक्रमणबाट औद्योगिक र आवासीय क्षेत्रमा ठूलो क्षति भएको छ।

बीबीसीले उल्लेख गरे अनुसार लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखाना थिए।

शुक्रबार एकसाथ नीप्रोमा तीन स्थानमा विस्फोट भएको छ। नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। त्यहाँका स्थानीय जनप्रतिनिधिले सुरक्षित बस्न आह्वान गरेका छन्।

उता रुसी समाचार माध्यमले भने शुक्रबार नै पश्चिम सहर इभानो फ्रान्किभिस्कमा आक्रमण भएको दाबी गरेका छन्। रुसी आक्रमणका कारण अहिलेसम्म युक्रेनबाट २५ लाख बाहिरिएका छन्।

पटकपटक वार्ताका प्रयास भए पनि सफल हुन नसक्दा युद्ध लम्बिदै गएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button