यस्तो पनि

युद्धकै बीच विवाह गरेकी युक्रेनी सैनिकले भनिन्ः भोलि के हुन्छ, कसैलाई थाहा छैन !

Thrill Factory
Rungta Group

युक्रेनमा रुसले सैन्य आक्रमण जारी राखेको ११ दिन नाघिसकेको छ। पछिल्ला केही दिनयता रुसले आक्रमण अझ तीव्र पारेको छ।

यसैबीच युक्रेनको राजधानी किभको बाहिरी क्षेत्रमा मुलुकको क्षेत्रीय रक्षाबलका एक जोडीले भने युद्धकै क्रममा विवाह गरेका छन्। भलेरी फिलिमोनोभ र लिसया इभास्चेन्कोले सैन्य पोसाकमै बिहे गरेका हुन्।

वैवाहिक समारोहमा युक्रेनका सशस्त्र सेनाका अन्य जवान र किभका मेयर पनि सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २२ वर्षदेखि सँगै बसिरहेका उनीहरु रुससँग जारी युद्धमा फ्रन्टलाइनमा रहेर लडिरहेका छन्। रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि लिसियाले अर्को जागिर छाडेर सेनामा भर्ती भएकी हुन्।

उनले सेनामा भर्ती हुनुभन्दा पहिला भलेरीलाई देखेकी थिइनन्। विवाह गरेपछि उनले भनिन्, ‘मलाई खुसी लागेको छ कि हामी जीवित छौं। आजको दिनमा मेरा पति जीवित छन् र मसँग छन्।’

उनले भोलि के हुन्छ भन्ने कसैलाई पनि थाहा नभएको भन्दै आज मुलुक र भगवानको अगाडि आफूले विवाह गरेको बताइन्। उनले यो युद्धमा युक्रेनको जित हुने विश्वाससमेत व्यक्त गरिन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button