अन्तराष्ट्रिय

पाकिस्तानलाई भारतले भन्यो: प्राविधिक गडबडीले क्षेप्यास्त्र त्यता गएछ

पाकिस्तानी सेनाले बिहीबार भारतबाट एउटा सुपरसोनिक वस्तु पाकिस्तान आएको र आफ्नो भूभागमा खसेको बताएको छ।

अहिले यस विषयमा भारतको रक्षा मन्त्रालयले स्पष्टीकरण दिएको छ। भारतले प्राविधिक गडबडीका कारण क्षेप्यास्त्र प्रहार भएको स्वीकार गरेको हो। भारत सरकारले यस विषयमा उच्चस्तरीय छानबिन गर्न आदेश दिएको छ।

भारतको रक्षा मन्त्रालयले भनेको छ, ९ मार्च २०२२ मा नियमित मर्मतसम्भारका क्रममा प्राविधिक त्रुटिका कारण क्षेप्यास्त्र अचानक खसेको थियो। भारत सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ र उच्चस्तरीय छानबिनको आदेश दिएको छ।’

क्षेप्यास्त्र पाकिस्तानको भूभागमा खसेको जानकारी प्राप्त भएको रक्षा मन्त्रालयले जनाएको छ।

बीबीसीका अनुसार भारतीय मन्त्रालयले भनेको छ, ‘घटनाप्रति खेद छ, तै घटनामा कसैको ज्यान नगएको कुराले राहत दिएको छ।’

यसअघि पाकिस्तानले यो सुपरसोनिक वस्तु आफैं खसेको र पाकिस्तानको वायुसेनाले निगरानी गरिरहेको बताएको थियो।

पाकिस्तानी सेनाले यो यात्रु उडानका लागि निकै खतरनाक भएको बताएको थियो। यस विषयमा पाकिस्तानी सेनाले भारतसँग जवाफ मागेको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button