No Image Headlineदेश

बढ्दै ठगीका घटना, गृह मन्त्रालयले भन्यो-सतर्क रहनू

Thrill Factory
Rungta Group

सरकारले पछिल्लो समय अवसर र लाभ दिने भन्दै ठगी गर्ने क्रम बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी ठगीका घटना थाहा पाए खबर गर्न आम नागरिकमा अनुरोध गरेको हो।

ठगीका घटना भएमा वा त्यस किसिमको सूचनना आएका नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृहले आग्रह गरेको छ । गृह मन्त्रालयले सार्वसाधारणलाई ठगीका घटनाबाट बच्न सतर्क रहन पनि भनेको छ ।

यी गतिविधि गरे कारबाही :

१‍. रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने,

२. नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने,

३. भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने,

४. जग्गा वा घडेरी उपलब्ध गराउने,

५. उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने,

६. अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोवार गर्न प्रोत्साहन गर्ने,

७. घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने,

८. अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै
दुरुत्साहन गर्ने,

९. डिजिटल मुद्रामा लगानी गर्ने गराउने,

१०. रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने,

११. विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने,

१२. ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने,

१३. कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत
बनाउने,

१४. ढुकुटी खेल्ने, खेलाउने,

१५. अनलाइन ठगी गर्ने,

१६. मिटर ब्याजमा रकम उपलब्ध गराउने,

१७. बैंकिङ प्रणाली भन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने।

हेर्नुहाेस् गृह मन्त्रालयकाे विज्ञप्ति-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button