प्रधानमन्त्रीलाई वैदले सम्झाए १२ बुँदे सहमति, सहमतिमा के थियो ?
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार वैदले प्रधानमन्त्री शेरबहादुर देउवालाई वीरगञ्जमा भएको १२ बुँदे सहमतिपत्रबारेमा ध्यानाकर्षण गराएका छन् ।
वीरगञ्जमा २०७० भदौं २० मा वैद अध्यक्ष हुँदा संघले लिडरसीप समिट आयोजना गरेको थियो । सो समिटमा देउवासहित ५ जना पूर्वप्रधानमन्त्रीले आर्थिक क्रान्तिको मार्गचित्र २०८० मा हस्ताक्षर गरेका थिए ।
नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले पनि सो प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । तीमध्ये शेरबहादुर देउवा वर्तमान प्रधानमन्त्री छन् भने प्रचण्ड त्यसयता प्रधानमन्त्री बनिसकेका छन् ।
तर, ८ वर्ष बितिसक्दा पनि सहमति कार्यान्वनयमा नेताहरु उदासीन देखिएका छन् । नेताहरुले गरेको प्रतिबद्धता बिर्सिएकाले प्रधानमन्त्री वीरगञ्जमा आएको मौका छोपेर बिहीबार देउवालाई १२ बुँदे प्रतिबद्धता बुझाएर स्मरण गराइएको वैदले बताए ।
सो प्रतिबद्धतामा वीरगञ्जलाई आर्थिक राजधानीको मान्यता दिएर वीरगञ्ज क्षेत्रको विशिष्टतालाई समग्र आर्थिक विकासको आधारको रुपमा उपयोग गर्दै विस २०८० सम्ममा आर्थिक समृद्धिमा उल्लेख्य उपलब्धि हासिल गर्ने उल्लेख छ ।
सो प्रतिबद्धता नेताहरुले बिर्सिएको बुझाइ वीरगञ्जका सरोकारवालाको छ । हाल नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष रहेका वैदले आफ्ना लेखमार्फत र नेताहरुसँगको भेटमा सो सहमति स्मरण गराउने अभियान नै चलाएका छन् ।
यस्तो थियो सहमति :