कला/साहित्य

मेलिना र सुभमको ‘धाउन नमिल्ने’ सार्वजनिक

Thrill Factory
Rungta Group

लोकप्रिय गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको युगल गायनमा समावेश ‘धाउन नमिल्ने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायक गीतकार डि.पी खनालको शब्द, संगीतमा समावेश छ।

राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। भिडियोमा स्वयम् गायक सुभम चाम्लिङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको छ। मनिक राईको कोरियाग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्।

अनिल रानाको भिडियोमा सम्पादन रहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका मेलिना राईको युट्युब च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button